बाहुण्डाँगी, माघ ११ । दमक जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ ।
आइतबार आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
शाखाका अध्यक्ष कमल कटुवालको सभापतित्व तथा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाल जेसीजका महासचिव सिनेटर विकास मानन्धर, कानुनी सल्लाहकार गोकुल सापकोटा, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षद्धय सिनेटर भोलेश्वर दुलाल, सिनेटर प्रकाशप्रसाद अधिकारी, २०२१ का राष्टिय उपाध्यक्षद्धय प्रमिशा काफ्ले, सुलिन तिम्सिनासहित पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्था एवं निकायका प्रतिनिधि तथा प्रमुखहरुको उल्लेख्य सहभागिता थियो ।

निर्विरोध निर्वाचित अध्यक्ष खरेलले आफनो कार्यकाल सञ्चालनका लागि आवश्यक महासचिव पदमा निरोज आचार्य र कानुनी सल्लाहकारमा सन्दिप न्यौपानेलाई मनोनित गरे । त्यससंगै उनले दमक ८ मा निर्माणाधिन जेसीज तालिम केन्द्र भवन निर्माणको संयोजकमा सञ्जिब बराल, खेलकुद संयोजकमा डेन्जोङ लामा लगायत विभिन्न विभागीय संयोजकहरुलाई सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमको सञ्चालन २०२० का महासचिव सञ्जिव बरालले गरेका थिए ।

