संघ \संस्था

सिद्धार्थ जेसीजमा गोपाल ज्ञवालीद्धारा पदभार ग्रहण

बाहुण्डाँगी माघ, १५ । सिद्धार्थ जेसीजको ४६ औं पदस्थापन समारोह आइतबार सम्पन्न भएको छ। शाखाको पुस ११ गते सम्पन्न ४५ औं साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२१ को लागि निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको थियो ।

अध्यक्षमा निर्वाचित भएका गोपाल ज्ञवालीले आफ्नो पदभार ग्रहण गरेका छन् । उनलाई शाखाको ४५ वर्ष इतिहास बोकेको जेसीज चेन गलामा पहिर्याउँदै २०२१ को नेतृत्व हस्तान्तरण गरेका हुन् । लामो समयदेखि जेसीज अभियानमा सक्रिय ज्ञवाली एक सरल, सालिन र जेसीजलाई नजिकबाट बुझेका व्यक्तिका रुपमा परिचित छन् । ज्ञवाली सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख तथा खबरपात्रो मिडिया प्रा।लि।का प्रबन्ध सञ्चालक हुन् ।

जेसीआई सिद्धार्थ नेपालको वर्ष २०२१ को कानूनी सल्लाहकारमा राकेश गुरुङ, कार्यकारिणी उपाध्यक्षमा गौरव कोइराला, हरिलाल जयसवाल, महासचिवमा सागर पोखरेल, कोषाध्यक्षमा मनोज भण्डारी, उपाध्यक्षमा राजु शर्मा, कृतेश कुमार श्रेष्ठ, साकार न्यौपाने, अर्जुन कुवंर, निर्देशकमा सौरभ घिमिरे, सम्राट थापा, निशंक पौडेल, किसन कुमार पटवा, तालिम संयोजकमा ऋषिराम पाण्डेय, प्रकरण निर्देशकमा दिपक काफ्ले, शाखा सम्पादकमा दिपक सापकोटा, सदस्य वृद्धि संयोजकमा कमल जि।सी।, कार्यक्रम सम्पादन संयोजकमा पंकज उदास र एरिया डि संयोजकमा विकास नारायण श्रेष्ठ निर्वाचित भएको निर्वाचन समिति संयोजक ओम कुमार श्रेष्ठले बताए ।

त्यस्तै संस्थाको सचिवमा कुशल उपाध्याय, एन।बी। एन संयोजकमा अनित कुमार गुप्ता, सह–कोषाध्यषमा लोकमणि भट्टराई, शाखा सहसम्पादकमा केशव भण्डारी, सूचना तथा सञ्चार संयोजकमा गोपाल भण्डारी, जनसम्पर्क अधिकारीमा शार्दुल मयुर कसौधन, आई।टी। चेयरमेनमा नरेन्द्र बञ्जाडे, सामाजिक परिचालकमा सतिश थैव, खेलकुद संयोजकमा ओजश शर्मा, स्वास्थ्य संयोजकमा राजेश प्रताप बस्नेत, अन्तर्राष्ट्रिय सम्बन्ध संयोजकमा हरिश सेठिया रहेका शाखाका अध्यक्ष मंगल भण्डारीले बताउनु भयो । ।

त्यस्तै सल्लाहकारमा ओम कुमार श्रेष्ठ, रामचन्द्र उपाध्याय, खगेन्द्र शर्मा, दिपेन्द्रमान श्रेष्ठ, शुशिल गुरुङ, देवराज न्यौपाने, निरज नारायण श्रेष्ठ, संगम न्यौपाने, लेखनाथ भट्टराई र सुमन शर्मा रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादवले व्यक्तिको शासन नभइ विधिको शासनमा चल्ने जेसीजले समाजमा उदाहरणीय कार्य गरेको बताए। उनले वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीको टिमले रचनात्मक कार्य गरेको बताए। उनले जुनसुकै स्थानमा पनि विधिको शासन आवश्यक रहेकोमा जोड दिए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कोभिड–१९ को महामारीमा मंगल भण्डारीले कोभिड संक्रमित विरामीलाई आफ्नै सवारीसाधनमा अस्पतालमा पुर्याउनु सामान्य कुरा नभएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले महासंघले सिद्धार्थ जेसीजसंग सहकार्य गर्दै अगाडी बढ्ने बताए।

कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट गु्रपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग केन्द्रका प्रमुख शान्ति सुवेदी लगायतले बोल्दै मंगल भण्डारी र जेसीआई सिद्धार्थले समाजलाई अतुलनीय योगदान पुर्याएको बताए। कार्यक्रम वर्ष २०२० का महासचिव दिपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

सोही अवसरमा जेसीआई सिद्धार्थ, नेपालको ‘मोहनलाल शारदा मेमोरियल ट्रष्ट‘ अन्तर्गत ‘संस्थापक अध्यक्ष अवार्ड’ २०२० बाट खबरपात्रो डट कमका समाचार सम्पादक रबिन्द्र प्रताप गुप्ता र नेपाल जेसीजका प्रशिक्षक तथा काभ्रे जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष मिलन गुरुङलाई सम्मान गरिएको छ । उहाहरुलाई जनही १० हजारसहित कदरपत्रबाट सम्मान गरिएको थियो ।

पत्रकारिता क्षेत्रमार्फत समाजमा योगदान पु¥याएको भन्दै गुप्तालाई र जेसीज अभियानमा उल्लेखिय योगदानको कदर गर्दै गुरुङलाई जेसीआई सिद्धार्थ, नेपालले सम्मान गरेको हो।

कार्यक्रममा बिशिस्ट अतिथि सिद्धार्थ नगरपालिकाका मेयर हरि अधिकारी, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रमुख निर्वाचन आयुक्त तथा पुर्व अध्यक्ष ओम कुमार श्रेष्ठ, उप मेयर उमा काफ्ले, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, नेपाल भन्सार एजेन्ड महासंघ का अध्यक्ष डा.शान्त कुमार शर्मा, समाजसेवी दिलिप भट्टराई, मानर्थसदस्य ओमकार गौचन, जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष तथा रास्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुङ, सिद्धार्थ लेडी नेपाल कि निवर्तमान अध्यक्ष पार्वती पौडेल, राष्ट्रिय पदाधिकारीहरु , पुर्व राष्ट्रिय पदाधिकारीहरु, छिमेकी शाखाका शाखा अध्यक्षहरु , पुर्व अध्यक्षहरु विभिन्न संघ संस्थाका अध्यक्षहरु, शाखाका पुर्व अध्यक्षहरु, वोर्डका सल्लाहकारहरुलगायतको सहभागिता रहेको थियो ।