बाहुण्डाँगी १८ माघ । नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर प्रकाश प्रसाद अधिकारीले राजनितिक दलका नेतृत्वले जेसिजबाट पाठ सिक्नु पर्ने बताउनु भएको छ । शनिबार चारआलि जेसिजको सातौ पदहस्तान्तरण समारोहलाइ सम्बोधन गर्दै सिनेटर अधिकारीले जेसिजका हरेक कार्यक्रममा राजनितिक नेतृत्वलाई सहभागी गराएर कसरी एकपछी अर्को नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने पाठ सिकाउन जरुरी छ ।

पदको लोभले एउटै ब्यक्ती लामो समय पदमा बसिरहने प्रथालाइ जेसिजमा सिकेर अन्त्य गर्न राजनितिक दलका नेतृत्वलाई आग्रह गर्नु भयो । “मलाइ राजनितिक ब्यक्तिलाइ यहाँ राखेर मेरा कुरा सुनाउन मन थियो “ उहाले भन्नू भयो (“आज सफल र युवा नेतृत्व नहुदा देशले गति लिन सकेको छैन । “
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सिनेटर अधिकारीले जेसिजको आस्था मानबताको सेवा नै सर्बोतम कार्य भएको बताउदै २०२० को नेतृत्वले आर्थिक अवस्था कमजोर भएका पथारु राजबन्सीको घर निर्माणले समाजमा यसले फरक पहिचान त बनायो नै नेपाल जेसिजलाइ पनि दर्बिलो उदाहरण प्रस्तुत गरेको बताउनु भयो ।

“हामीले थोरै काम गर्नु पर्छ“ अधिकारीले भन्नू भयो (“ त्यो थोरै कामले समाज र युवाहरुका लागि प्रेरणा बनोस । काम गर्नु मात्र ठूलो कुरा होइन गरेको कामले समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्ने महत्वपूर्ण हो । जुन चारआलि जेसिजले गरेर देखाएको छ ।“
प्रमुख अतिथी अधिकारीले आफू चारआलि जेसिजमा धेरै पटक आएको र नजिकबाट बुझ्ने अवसर पाएको बताउदै छोटो समयमा यहाका युवाहरुलाइ गोलबन्द गराइ समजलाइ नेतृत्व गर्ने सक्षम युवा निर्माण गर्दै आएको बताउनु भयो । उहाले जेसिजका ४ वटा क्षेत्रलाइ आधार मानेर काम गर्ने हो भने सधै सफल हुने बताउनु हुँदै जेसिजले हरेक युवाहरुलाइ बोल्न मात्र होइन समाज परिवर्तन गर्न समेत सिकाउने गरेको बताउनु भयो ।

विशेष अतिथी मेचीनगर १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले चारआलि जेसिजले वडामा उत्कृष्ट कार्य गर्न सफल बहेको बताउनु भयो । “हामीले गर्ने काम जेसिजले गरेको बताउदै पथारु राजबसीको घर निर्माण एउटा ज्वलन्त उदाहरण भएको बताउनु भयो । उहाले हाम्रो अनुमानमा २० लाखको लगानी लाग्ने घरलाइ ५ लाखमै सम्पन्न गर्नुले जेसिजप्रतिको बिश्वासलाइ समाजले अनुकरण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सस्थापक अध्यक्ष बिष्णु रिमाल र धुलाबारी जेसिजका अध्यक्ष सागर खनालले २०२० को नेतृत्व सफल भएको बताउदै आगामी बर्षहरुमा समेत सफलताको शुभकामना दिनु भयो ।
सोही समारोहमा २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले आफनो गलामा भएको जेसिज चेन २०२१ का नवनिर्वाचित अध्यक्ष सन्तोस न्यौपानेलाइ पदहस्तान्तरण गर्नु भएको थियो । साथै नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो टिमलाई सपथ ग्रहण गराउनु भयो । साथै न्यौपानेले महासचिबमा बिरु बेगा, कानुनी सल्लाहकारमा भोजराज पराजुली, कोषाध्यक्षमा सन्जय निरौलालगायतलाइ मनोनित गर्नु भएको थियो । यसअघि भएको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा सुजुप सुवेदी, कुमार तामाङ, उपाध्यक्षहरुमा होम ढकाल, भुपेन्द्र प्याकुरेल, शिक्षा घिमिरे र जीवन दाहल निर्वाचित भएका निर्वाचन आयुक्त उत्तम पकुवाले बताउनु भयो ।

सोही समारोहमा शाखाका पुर्व अध्यक्ष उत्तम पकुवालले स्थापना गर्नु भएको तिर्थराज पकुवाल स्मृती अक्षयकोष उत्कृष्ट शिक्षा पुरस्कारबाट सहिद दसरथ माबिबाट २०७७ मा उत्कृष्ट हुने नमिका खतिवडालाइ प्रदान गरिएको थियो । उनलाइ नगद ५ हजार कदरपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । साथै २०२० मा उत्कृष्ट काम गर्ने शाखा सङ्गीत सिवाकोटिलाइ उत्कृष्ट अध्यक्ष सहयोगी पुरस्कार र महासचिव टिकाराम रिजाललाइ जेसिज अफ द इयर अवार्ड प्रदान गरिएको थियो । साथै भवन निर्माण्मा सहयोग गर्नेृ विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा विभिन्न शाखाका शाखा अध्यक्ष सहित विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

