संघ \संस्था

विराटनगर जुनियरमा जीना शर्माद्धारा पदभार ग्रहण

बाहुण्डाँगी १८ माघ । विराटनगर जुनियर जेसीजमा जीना शर्माले २०२१ का लागि पदभार ग्रहण गरेकी छिन् । शनिवार आयोजित जुनियर जेसीजको २५ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोहकाबिच शर्माले आफ्नो जिम्मेवारी सुम्पिएकी हुन् । २०२० का अध्यक्ष अंकित थापाले उनलाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नवनिर्वाचित अध्यक्ष शर्माले बोर्डका सबैलाई सपथ ग्रहण गराइकी थिइन् ।


यस अघि भएको साधारणसभाबाट अध्यक्ष शर्मासहित कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादब, उपाध्यक्षमा दिप्शन राइ ,हेनरिका ढकाल अमन मण्डल, जन सम्पर्क अधिकारीमा सुगम बुढाथोकी र तालिम संयोजकमा बिकल्प न्यौपाने ,निर्बिरोध निर्वाचित भएका निर्वाचन अधिकृत दिपा ओडारिले बताइन् ।
अंकित थापाको सभापतित्व विराटनगर जेसीज २०२१ का अध्यक्ष प्रदिप दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डाक्टर सन्देशदास श्रेष्ठ, लगायत शाखाका पूर्व अध्यक्षहरु, छिमेकी जुनियर शाखाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।