इटहरी, माघ १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जसरी पनि संसद् पुनःस्थापना गरेर छाड्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको भातृ संगठनले सुनसरीको इटहरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेर संसद्लाई दलीय झगडाको ढाल बनाएर महाभुल गरेको तर्क गरे।
संसद् पुनःस्थापना भए मात्र संविधानको रक्षा हुने भएको बताउँदै उनले कांग्रेसको एक मात्र मुद्दा संसद् पुनःस्थापना भएको बताए।
उनले हत्या अभियोग लागेका कालीबहादुर खामजस्ता व्यक्तिलाई संरक्षण गर्न प्रधानमन्त्री लागिपरेकाले दण्डहिनता मौलाएको बताए।

