काठमाडौं, माघ २२ । नेकपा ओली समूहको शुक्रबार हुन लागेको सभाका लागि कार्यकर्ता काठमाडौं भित्रिन थालेका छन् ।
नेकपा प्रचण्ड–माधव समूहले बिहीबार गरेको आमहड्तालका कारण देशभर यातायात अवरुद्ध भएपनि ओलीका कार्यकर्ता भने काठमाडौं भित्रिएका हुन् । थानकोट नाकाबाट मात्रै ५० गाडीमा मानिस काठमाडौं भित्रिसकेका छन् । जिल्ला जिल्लाबाट ओसार्ने क्रम जारी छ ।
शुक्रबार नेकपा ओली समूहले दरमार्गमा विशाल प्रदर्शन गर्ने हेतुले काठमाडौं बाहिरबाट मानिस भित्राएका हुन् । यसअघि, बुधबार नै जिल्लामा संयोजक गठन गर्दै उनीहरूकै संयोजकत्वमा विशाल प्रदर्शन देखाउन कार्यकर्तालाई काठमाडौं ल्याइएको हो ।
काठमाडौं आएका सबैलाई खान र बस्नको उचित ब्यवस्थापन समेत गरिएको छ । काठमाडौं आइपुगेका अधिकांश नेकपाका कुनै समूहका पनि कार्यकर्ता नभएको खुलेको छ ।

