
झापा, चैत २५ । झापा जिल्लाबाट प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ मा सहभागी हुने पुरुष हक्की खेलाडीलाई काँकरभिट्टामा सोमबार एक कार्यक्रम बिच बिदाई गरिएको छ ।

खेलाडी विदाई कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष शंकर थापा, मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ्ग र झापा जिल्ला हक्की संघको अध्यक्ष रविन बस्नेतले सहभागी खेलाडीलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी भई सफलता हासिल गर्दै प्रदेशको नाम राख्न अग्रिम शुभकामना दिएका थिए ।

मेची भन्सार अधिकृत भरत अधिकारी, ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक महेश थापा, सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गुल्म काँकरभिट्टाका प्रहरी निरिक्षक चिरञ्जीवी प्रसाई र कराते टेिक्नकल कमिटी झापा अध्यक्ष कृष्णबहादुर बस्नेतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार, विभिन्न खेल विधाका प्रशिक्षक, खेलाडीलगायतको उपस्थिती रहेको थियो ।
प्रदेश नं. ५ नेपालगञ्जमा चैत २७ गते देखी २०७६ बैशाख ४ गते सम्म आयोजना हुन गईरहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय हक्की प्रतियोगितामा झापा बाट १८ जना पुरुष खेलाडीले सहभागी जनाउने हक्की प्रशिक्षक ज्ञानेन्द्र बहादुर खड्काले बताए ।

