काठमाडौं, माघ ९ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रदेशमा काँग्रेसलाई जसले मुख्यमन्त्री दिन्छ उसैलाई समर्थनगर्ने बताएका छन् । विभिन्न प्रदेशमा काँग्रेसको समर्थन खोज्नेक्रम बढेपछि देउवाले यस्तो रणनीति वनाएका हुन् ।
बागमती प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव छलफलका लागि आज पेश भएसँगै नेपाली कांग्रेस पनि रणनीति बनाउन जुटेको छ।
सभापति शेरबहादुर देउवाले शुक्रबार बुढानिलकण्ठ निवासमा बरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन्। काँग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलले भने फेरी त्यसको विरोध गरेका छन् । देउवाले नेताहरूसँग झन्डै दुई घन्टा प्रदेश सभामा अब के रणनीति अपनाउनेबारे छलफल गरेका थिए।
देउवाको उक्त प्रस्तावमा बरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशीलगायतले भने फरक मत राखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको र उक्त कदमविरूद्ध कांग्रेस आन्दोलनमा रहेकाले प्रदेशमा ओलीनिकटलाई सहयोग गर्न नहुने उनीहरूको भनाइ थियो।

