समाचार

जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको ज्यान गयो

झापा, फागुन ३ । झापामा जंगली हात्तीको आक्रमणमा परि फेरि एक महिलाको ज्यान गएको छ । भद्रपुर नगरपालिका २ की ५० बर्षिय सीता दाहालको जंगली हात्तीको आक्रमणमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो घाँस काट्न गएकी दाहाललाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

केही दिनदेखि जलथलको चारकोशे जंगलबाट निस्किने जंगली हात्तीले जंगलमा घाँस दाउरा खोज्न जाने सर्वसाधरणलाई आक्रमण गरि ज्यान लिने गरेको छ भने जंगलबाट गाउँघरमा पस्ने हात्तीको बथानले मानिसको घर समेत भत्काइदिने गरेको स्थानीयको भनाई छ ।