खेलकुद

आयोजकलाई हराउदै डाँगीहाट पाँचथर गोल्डकपको सेमीफाइनलमा

काठमाण्डौ, चैत २५ । जारी वाइ वाइ पाँचथर गोल्डकप तेस्रो सस्करणमा मोरङको डाँगीहाट फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजक पाँचथर क्लबलाई ३–० गोल अन्तरले हराउँदै डाँगीहाट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

डाँगीहाटलाई विजयी बनाउन विदेशी खेलाडी अर्मानले व्यक्तिगत २ गोल तथा हेमन्त थापा मगर एक गोल गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने डाँगीहाटका हेमन्त थापा मगर म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबारको खेल विर्ता युनाइटेड झापा र दार्जिलिङ युनाइटेड बीच हुने आयोजकले जानकारी दिएको छ।

विजेता टिम ले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

Leave a Reply

Your email address will not be published.