चितवन, चैत ३ । नेपाल जेसीज वर्ष २०२० का शाखा अध्यक्षहरुको यहि फागुन २८ र २९ गते चितवनको सौराहमा भएको फेलोसिप मिटको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा भाइरल नै भएको छ । नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुषालले २०२० को थिम र जेसीआई नेपालको लोगो अंकित सेतो टिसर्टलाई कफन शब्दको संज्ञा दिएर सामाजिक सञ्जालमा लेखेपछि यो विषयलाई लिएर उनको विरोध गरेका छन् । कफन भनेको मरेको मान्छेलाई ओडाइने सेतो कपडा (कात्रो) हो ।

२०२० का देशभरका शाखा अध्यक्षहरुले कफन शब्दले आफु र नेपाल जेसीजका राष्ट्रिय सिनेटर अध्यक्ष अशोक शंकरको मान मर्दन हुनेगरी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको भन्दै मंगलवार दिनभर विरोध जनाएका थिए ।
भुषालले टिसर्टलाई कफन र नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरलाई सौराहको माउते र श्यालको जन्ति भनि पोष्ट गरेका थिए । उनले फेसबुकमा एकपछि अर्काे रिप्लाइ गर्दै सौराहको माउतेहरुको स्किल सिक्न लुकेर स्यालको सिकारी पुगेको थाहा भएन भन्दै निवर्तमान राष्ट्रिय अध्यक्ष शंकरलाई इंकित गरेका थिए ।

यसैगरी, इमाडोल जेसीजकी पूर्व अध्यक्ष साबित्रा ढुङ्गानाको फेसबुक स्टाटसको पनि उत्तिकै विरोध भएको छ । ढुङ्गानाले सोमवार पोष्ट गरेको फेसबुक स्टाटसमा ’विना कुनै ठोस प्रमाण कार्वाही गर्छु भन्न सक्ने, हात टेकेको र उठाएको थाहा नपाउने नेतृत्व थियो २०२० मा त्यसैले त न २०१९ सँग मिल्ने हैसियत छ न २०२१ सँग । राइज टु चेन्जलाई ओझेल पार्न फेमेली, फेन्स रे २०२१ मा आएर फेरि वर्ष सकिएको छैन र भन्या’ भन्दै पोष्ट गरेकी थिइन् । उक्त स्टाटसलाई समेत लिएर विरोध भएको छ ।

भुषाल नेपाल जेसीजबाट २०२० मा कार्वाहीमा परेका व्यक्ति हुन् । सामाजिक सञ्जालमै नेपाल जेसीजका बारेमा अनावश्यक टिकाटिपणी र एउटा संस्थाको गरिमालाई आँच आउने गरी सामाजिक सञ्जालमा लेखेको भन्दै भुषाललाई भलभारी महासभामा ३ वर्षसम्म नेपाल जेसीजका कुनै पनि कार्यक्रममा सहभागि हुन नपाउने भन्दै कार्वाही गरेको थियो । तर, भुषाल त्यसपछि पनि विभिन्न कार्यक्रममा गएको भन्दै विरोध हुँदै आएको थियो । यसैगरी सावित्रा ढुङ्गानालाई संस्थाको विषयको गरिमालाई आँच आउने गरी सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै नेपाल जेसीजले २०२० को सुरुमै स्पष्टीकरण सोधेको थियो ।

यस विषयलाई लिएर नवलपुर जेसीजका आइपिपि नारायणप्रसाद न्यापानेले फेलेसिप मात्र गर्दा त यति भूकम्प जादोरहेछ यदि राजनीति नै सुरु गर्दा कस्तो होला ? भनेका छन् । भद्रपुर जेसीजका आइपिपि डिल्लीराम पोखरेलले २०२० का अध्यक्षहरुको अर्काे फेलोसिप मिट कपिलवस्तुमा गर्ने भन्दै भुषालको विरोध गरेका छन् । साथै उनले सौराहमा २०२० का काउन्सुलर नाच्दा राजधानी मात्र नभइ अन्यत्र पनि भूकम्प जानु संयोग मात्र हो कि के हो ? भनेका छन् । चक्रघट्टी जेसीजका आइपिपि सन्तोष चम्लगाईले २०२० का अध्यक्षलाई जे भने सहन्छ भन्ने होला बोल्न बाध्य नबनाइयो भनेका छन् । सुद्धोधन जेसीजका आइपिपि चुडामणी डुम्रेले यो भेलालाई लिएर कोही नआतिए हुन्छ भनेका छन् । बुधवारे जेसीजका आइपिपि नरेन याफु राईले फेलोसिप मिटमा के को टाउको दुखाई, संस्कार नभएको मान्छे भनेका छन् ।

भक्तपुर लेडी जेसीजकी आइपिपि सपना क्षेत्रीले यो विरोधले २०२० अझ जिवन्त रहेको बताउँदै २०२२ मा २०२० को अध्यक्ष भेला अझ उत्कृष्ट रहने बताएकी छिन् । दुहवी जेसीजकी आइपिपि विमला सुवेदीले यादगार पल धेरै कुरा कर्मले पाइन्छ कति कुरा भाग्यले , भाग्य र कर्मको सङ्गम २०२० रहेको भनेकी छिन् । विरता लेडी जेसीजकी आइपिपि सुष्मा पौडेलले के हुन लाग्या यहाँ ? किन विरोध हामी सधै २०२० को नै अध्यक्ष हौ, हाम्रो थिम त्यहि हो कि के खोज्नु भएको सावित्रा जी भन्दै प्रश्न गरेकी छिन् ।

नेपाल जेसीजकी पूर्व कार्यकारीणी उपाध्यक्ष रीता न्यौपानेले कसैले कसैको विरोध गर्न नपाइने भन्दै निवर्तमान अध्यक्षले अनौपचारिक भेला गर्नु कुनै गलत नभएको बताए । यसरी फेसबुकमै देशभरका शाखा अध्यक्षहरुले विरोध गरेका छन् । उनीहरुले आफु र आफ्नो राष्ट्रिय अध्यक्षको मान मर्दन गर्न कसैलार्य अधिकार नभएको बताएका छन् । सबैको आक्रोस देखिएको छ । नेपाल जेसीजका पूर्व महासचिव श्रीराम पौडेलले यो शब्द प्रयोग गर्नु सरासर गलत भएको बताए ।

निवर्तमान राष्ट्रिय अध्यक्ष शंकरले सचेत नागरिक अनि सक्रिय युवाहरु छाडातन्त्र अनि पशु समान प्रबृद्धिको सर्वनास गर्न कफन बनेर निस्किनु पर्छ भन्दै स्टाटस पोष्ट गरेका छन् ।

उक्त भेलालाई लिएर धापसी जेसीजका पूर्व अध्यक्ष हङकल्पित न्यौपानेले पनि विरोध गरेका थिए । तर उनले आफ्नो स्टाटस लगत्तै हटाएका थिए ।
२०२० का अध्यक्षहरुले सामाजिक सञ्जालको दुरुपयोग गरेर कसैको मान मर्दन गरेमा साइबर क्राइमको मुद्धा समेत लगाउन पछि नपर्ने बताएका छन् । उनीहरुले यो विरोधले हामीलाई अझ मजबुद बनाएको समेत बताएका छन् ।

२०२० मा कोरोना महामारीका कारण शाखा अध्यक्षहरुको फेलोसिप मिट हुन नपाएपछि यो वर्ष सौराहमा गरिएको थियो । भेलामा २०२० देशभरका शाखा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सावित्रा ढुङ्गानालाई नेपाल जेसीजले स्पष्टिकरण सोधेको हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । सम्पादक




