शिक्षा

बिद्यार्थी नेता पौडेलद्वार शैक्षिक सामाग्री बितरण

मेचीनगर, चैत ३ । अनेरास्ववियु मेचीनगर संयोजक आषिश पौडेलले विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर जन्मदिन मनाएका छन् । आज मंगलबार उनले आफ्नो जन्मदिन बिद्यार्थी माझ मनाएका हुन ।

२२ औं जन्म दिबसको अबसरमा उनले मेचीनगर–९ हरि आधारभुत बिद्यालयमा अध्ययानरत १६० जना बिद्यार्थीलाई उनले शैक्षिक सामाग्री बितरण गरे । बिद्यार्थी भाइ बहिनी हरु लाई आफुले सकेको सहयोग गर्न पाउँदा खुसी मिल्ने उनको भनाइ छ ।

गत बर्ष उनले ४० थान ब्याग बितरण गरि जन्मदिन मनाएका थिए ।