राजनीति

विवाहको तयारीमा मुख्यमन्त्री राई

काठमाण्डौं, चैत २६ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले नयाँ वर्षको आगमनसँगै प्रदेशको राजधानी र नामाकरण टुंगो लाग्ने बताएका छन्।

सोमबार एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशसभामा छलफलका क्रममा रहेको राजधानीको नाम र वैशाखभित्रै टुंगो लाग्ने बताए। त्यस्तै कार्यक्रममा मुख्य मन्त्री राईले राजधानी र नामाकरणसँगै प्रदेशवासीमा आफ्नो विवाहमा निम्ता पठाउने समेत बताएकाे खबर गाेरखापत्र दैनिकमा छ।

अविवाहित रहेका राईले व्यक्तिगत जीवनको सुखद सुरुवात प्रदेशको राजधानी र नामाकरणपछि गर्ने बताए। प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आयोजित पुरस्कार वितरण समारोहमा शुभकामना दिने वक्ताहरुले मुख्यमन्त्रीको विवाहसँगको सन्दर्भ जोडेर विषयवस्तु राखेपछि राईले चाँडै निम्ता पठाउने बताए।

Leave a Reply

Your email address will not be published.