समाचार

उपत्यका सहित देशको विभिन्न स्थानमा विहानैबाट चट्यांङसहित बर्षा, सचेत रहन मौसमविदको सुझाव

काठमाण्डौं, चैत २६ । काठमाडौं उपत्यका सहित देशको विभिन्न स्थानमा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ भने हिमालि भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको पनि ल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.