राजनीति

नेकपा ओली समूहको प्रमुख सचेतकमा भट्टराई नियुक्त

काठमाडौं, फागुन १४ । नेकपा ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय सांसदहरूको बैठकमा प्रधानमन्त्री ओली तथा पार्टीका अध्यक्ष्य केपी शर्मा ओलीले भट्टराईलाई नियुक्त गरेका हुन् ।

‘बालुवाटारमा केही बेरअघि बसेको बैठकले पार्टीको प्रमुख सचेतक फरेको हो । बैठकले विशाल भट्टराईलाई पार्टीको प्रमुख सचेतकमा नियुक्तसमेत गरेको छ,’ ओलीपक्षीय सांसद घनश्याम खतिवडाले भने ।