चिनारी

२०२१ को राष्ट्रिय महाधिवेशन डाइेक्टरमा ईश्वर कर्मचार्य

बाहुण्डाँगी, १७ फागुन । पोखरा जेसीजले आतिथ्यता गर्न लागेको २०२१ को नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनका लागि जेसीआई सिनेटर ईश्वर प्रसाद कर्मचार्यलाई महाधिवेशन डाइरेक्टरमा अनुमोदन गरिएको छ ।
पोखरा जेसीजबाट महाधिवेशन डाइरेक्टरमा सिफारिस गरिएका कर्मचार्य बुटवलमा सम्पन्न नेपाल जेसीजको पहिलो बोर्ड बैठकले कर्मचार्यलाई महाधिवेशन डाइरेक्टरमा सर्वसम्वत अनुमोदन गरेको पोखरा जेसीज २०२१ का अध्यक्ष किरण केसीले बताउनु भयो ।
पोखरा जेसीज २००१ का शाखा अध्यक्ष कर्मचार्य नेपाल जेसीजका लागि २००३ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष समेत हुनुहुन्छ । पोखराका सफल व्यवसायी कर्मचार्य जेसीज अभियानमा एक अनुभवी, सरल र आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।
यसैगरी महाधिवेशन सचिवमा दयाराम गौतम र कोषाध्यक्ष सृजन ज्ञवालीलाई चयन गरिएको छ । गौतम पोखरा जेसीजका २००७
का अध्यक्ष तथा ज्ञवाली २००६ का शाखा अध्यक्ष हुनुुहुन्छ ।