काठमाडौं, फागुन २१ । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले जित निकालेको छ । बिहीबार राति भएको खेलमा इन्टरले पर्मालाई उसैको मैदानमा २–१ गोलले हराएको हो ।
इन्टरको जितमा एलेक्सिस सान्चेजले दुई गोल गरे भने पर्माका हर्नानी अजेभेदो जुनियरले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औँ मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए ।
६२औँ मिनेटमा उनले दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा जुनियरले गोल गर्दै पर्मालाई खेलमा फर्काउने कोसिस गरे । तर बाँकी समय गोल नहुँदा इन्टर २–१ गोलले विजयी भयो ।
जितसँगै शीर्ष स्थानको इन्टरले २५ खेलमा ५९ अङ्क जोडेको छ । पर्मा भने १५ अङ्कका साथ रेलिगेशन जोनमा छ ।

