संघ \संस्था

सहिद विरेन राजवंशीप्रति श्रद्धाञ्जली अर्पण

मेचीनगर, फागुन २१ । सहिद विरेन राजवंशी स्मृति प्रतिष्ठान मेचीनगर–१५ ज्यामिरगढीले सहिद विरेन राजवंशीप्रति एक कार्यक्रमको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ । शुक्रबार बिहान ओली नेतृत्व नेकपाका केन्द्रिय सदस्य हरिचरण बानियाको प्रमुख आतिथ्यतामा आयोजना भएको थिायो ।

झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंशीसंगै, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ साल फागुन २१ गते जेल सार्ने बहानामा सुखानीमा गोलीहानी हत्या गरिएको थियो।

योद्धालाई हत्या गरेको सम्झनास्वरुप नेपालका कम्युनिस्ट पार्टीले हरेक वर्ष फागुन २१ गते विशेष कार्यक्रम गर्दै उनीहरुलाई सम्झने गरेका छन्। यस बर्ष पनि सहिदको सम्झना विविध कार्यक्रमको आयोजना गरिएको छ ।

झापा विद्रोहका एक नेताका रुपमा वर्तमान प्रधामन्त्री केपी शर्मा ओली पनि एक हुन्।

श्रद्धाञ्जली अर्पण कार्यक्रममा बिशिष्ट अतिथी प्रदेश सभा सदस्यद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली विशेष अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेती, अतिथिहरु मेचीनगर कार्यपालिका सदस्यद्वय कृष्ण कनाल र कुस्मी चौधरी, ओली नेतृत्व नेकपा प्रदेश सदस्य भिम खवास, जिल्ला सदस्य तथा मेचीनगर ईन्चार्ज देवकुमार राई, जिल्ला सदस्य हरिदास ढुङ्गाना, रेनुका डागी, ईन्द्र बास्कोटा, मेचीनगर अध्यक्ष राजु पोख्रेल, मेचीनगर–१५ वडा ईन्चार्ज गंगाप्रसाद श्रेष्ठ, सहिद विरेन राजवंशीका छोरा नेत्र राजवंशी, बुहारी विमला राजवंशीलगायतको आतिथ्यता रहेको थियो ।

सहिद विरेन राजवंशी स्मृति प्रतिष्ठानका अध्यक्ष पदम गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चेतन बहादुर राउत तथा सञ्चालन सचिव गोपाल राउतले गरेका थिए ।