बाहुण्डाँगी, २४ फागुन । १११ औँ अन्तराष्टिय महिला दिवसको अवसर पारेर मेचीनगर लेडी जेसीजले क्यान्सर स्क्यानिङ क्याम्प (भिआइए टेष्ट) को आयोजना गरेको छ । मेचीनगर १५ ज्यामिरगढीमा आयोजित कार्यक्रममा ८५ महिलाहरुको भिआइए टेष्ट गरिएको थियो । जसमा २४ बर्षिय एक महिलालाई पोजेटिभ रिपोर्ट आएको छ । उक्त क्याम्पमा धरान घोपाका गाइनोष्टिक डाक्टर रमेश श्रेष्ठ र डाक्टर मनोज शाहको टोलीले स्वास्थ्य परिश्रण गरेको थियो ।

आयोजक शाखाकी अध्यक्ष शुसिला खतिवडाको सभापतित्व तथा झापा जिल्ला स्काउट आयुक्त भुवन सुब्बा खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर १५ का वडा अध्यक्ष गुणराज भट्टराई (राजन), ज्यामिरगढी स्वास्थ्य चौकीका प्रमुख दिवाकर पौडेललगायतको सहभागिता रहेको थियो ।

कार्यकारीणी उपाध्यक्ष अनिता खनालको संयोजन रहेको कार्यक्रमको आस्था पाठ कुशुम दाहाल र सञ्चालन महासचिव सिता पुरीले गर्नु भएको थियो ।

