बाहुण्डाँगी, २४ फागुन । तुलसीपुरनगर जेसीजको आयोजनामा १११ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला हिंसाको रोकथाम तथा महिलाको सामाजिक शशक्तिकरण नेतृत्व र सम्मान हाम्रो प्रतिबद्धता विषमा बृहत हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष नारायण भट्टराईको सभापत्वि तथा तुलसीपुरनगर उपमहानगरपालिकाका मेयर घनश्यामभ पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३०० जनाले व्यानरमा हस्ताक्षर गरेका थिए ।

२०२१ का निर्देशकका मेघराज पोखरेलको संयोजनमा भएको कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल, तुल्सिपुर उद्योग बाणिज्य सङ्गका अध्यक्ष राम प्रसाद चालिसे, पुर्ब अध्यक्ष बिमल रिजाल लगाएतको उपस्थिति रहेको थियो सहभागिता रहेको थियो । कार्यक्रमको आस्थापाठ मानबहादुर बस्नेत र सञ्चालन अध्यक्ष सल्लाहकार मान बहादुर बस्नेतले गर्नु भएको थियो ।

