चुलाचुली, फागुन २७ । नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल महिला संघ चुलाचुलीकाे समायोजन कार्यक्रम सम्पन्न भएको छ।
संघको समायोजन समितिमा राजकुमारी खड्काको नेतृत्वमा १३ सदस्यीय नंया समिति चयन भएको छ ।
संघको उपाध्यक्षद्वयमा रमा फ्याक लिम्बू र कल्पना राई फागो, सचिवमा शर्मिला ईजम, सहसचिवमा बिष्णाु गजमेर, कोषाध्यक्षमा सान्ताकला राई चयन भएका छन् ।

सदस्यहरूमा बबिता देवान, हिमा पौडेल, संगिता थोक्लीहाङ, ईन्दिरा पौडेल, सुष्मा तामाङ राई, सीता तामाङ र अम्वीका बास्कोटा चयन भएका छन् ।
संघको सल्लाहकार संयोजकमा बिष्णु फागो इजम रहेकी छिन् ।
त्यसैगरी संघको चुलाचुली वडा संयोजकहरूमा क्रमश सल्डोल्मा तामाङ फागो, चन्द्र कला गौतम, गीता पुरी गीरी, सरु पात्लुङ्गा लिम्बू, शान्ता राई र सरीता राई पालिकाको १नं वडादेखि ६ नं वडासम्म तोकिएको छ ।
प्रमुख अतिथि नेपाली काङ्ग्रेस इलाम जिल्ला अध्यक्ष हिमालय कर्माचार्यको प्रमुख अातिथ्यतामा अायोजना भएको कार्यक्रममा बिशिस्ट अतिथि महिला संघ केन्द्रीय सदस्य भगवती पाैडेल, अतिथिहरुमा ने.का जिल्ला सदस्य सुवास अाङथुपाे, नरेन्द्र लाअाेति, क्षेत्रीय सदस्य राजेन्द्र केरुङ, चु चु सभापति गणेश फागाे, ने वि संघ जिल्ला सदस्य बबिन बान्तावा राई, तरुण सभापति सागर जवेगुलगायतले सुभकामना मनतव्य राखेका थिए ।
नेपाल महिला संघ जिल्ला अध्यक्ष निर्मला सन्जेलको सभापतित्वमा अायोजना भएको कार्यक्रम सञ्चालन सचिव वविता राईले गरेकी थिइन् ।

