बाहुण्डाँगी, फागुन २७ । विभिन्न सामाजिक समस्या र बिकृति समेटिएको नाटक खोपडी भित्रका मान्छेहरु मोरङको बेलबारीमा मन्चन भइहेको छ । २६ गतेबाट बेलबारीमा मन्चन भइरहेको नाटकको पहिलो सो बेलबारी क्याम्पसका विद्यार्थीहरुका लागि गरिएको थियो ।

मेचीनगर सचेत युवाको सहकार्य तथा सृजनाघर रङ्गकर्मीको विशेष प्रस्तुती उक्त नाटक मेचीनगरको सफलतापछि बेलबारीमा मन्चन गरिएको अनुज दाहालले बताउनु भयो । नाटक बेलबारी सृजनाघरमा मन्चन भइरहेको छ ।

सागर खातीको निर्देशन रहेको नाटकका लागि स्टेज म्यानेजरमा नुतन ढकाल, प्रतिक लामिछाने, म्युजिसियनमा पुरन दियाली, सागर खाती र लाइटमा दिपक खरेल रहेका छन् । यसैगरी कलाकारहरुमा दिवस लामिछाने, निरज मेचे, शरन मेचे, सोना यादव, प्रतिक्षा आचार्य र प्रतिक लामिछाने रहेका छन् । यस अघि यो नाटक मेचीनगरमा ३ दिन मन्चन गरिएको थियो ।


