कला मनोरञ्जन

खोपडी भित्रका मान्छेहरु बेलबारीमा

बाहुण्डाँगी, फागुन २७ । विभिन्न सामाजिक समस्या र बिकृति समेटिएको नाटक खोपडी भित्रका मान्छेहरु मोरङको बेलबारीमा मन्चन भइहेको छ । २६ गतेबाट बेलबारीमा मन्चन भइरहेको नाटकको पहिलो सो बेलबारी क्याम्पसका विद्यार्थीहरुका लागि गरिएको थियो । मेचीनगर सचेत युवाको सहकार्य तथा सृजनाघर रङ्गकर्मीको विशेष प्रस्तुती उक्त नाटक मेचीनगरको सफलतापछि बेलबारीमा मन्चन गरिएको अनुज दाहालले बताउनु भयो Read More…

राजनीति

नेपाल महिला संघ चुलाचुलीकाे अध्यक्षमा खड्का

चुलाचुली, फागुन २७ । नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल महिला संघ चुलाचुलीकाे समायोजन कार्यक्रम सम्पन्न भएको छ। संघको समायोजन समितिमा राजकुमारी खड्काको नेतृत्वमा १३ सदस्यीय नंया समिति चयन भएको छ । संघको उपाध्यक्षद्वयमा रमा फ्याक लिम्बू र कल्पना राई फागो, सचिवमा शर्मिला ईजम, सहसचिवमा बिष्णाु गजमेर, कोषाध्यक्षमा सान्ताकला राई चयन भएका छन् । सदस्यहरूमा बबिता देवान, Read More…

अर्थ

दृष्टिविहिन मगर परिवारलाई वडा अध्यक्ष तामाङले बनाइ दिए घर

झापा, फागुन २७ । मेचिनगर–६ स्थित बद्री टोलमा दृष्टिविहिन परिवारलाई वडा अध्यक्षले घर बनाइ दिएका छन् । मेचिनगर –६ बद्री टोलका दृष्टिविहिन खुब बहादुर बुर्जा (मगर) को घर मेचिनगर वडा नम्बर–६ का वडा अध्यक्ष ललित बहादुर तामाङले घर बनाइ दिएका हुन । आफ्नो व्यक्तिगत खर्च १ लाख ५० हजार रुपैया लागतमा घर निर्माण सम्पन्न गरी Read More…

खेलकुद

‘झापा स्पोर्टस् अवार्डको तयारी पूरा, शुक्रवार साँझ वितरण गरिने

बिर्तामोड, फागुन २७ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल Read More…

धर्म संस्कृती

कोरोना प्रभावः पातालगंगा शिवालय मन्दिरमा लाग्ने शिवरात्री मेला (तस्वीर सहित)

युवराज आचार्यमेचीनगर, फागुन २७ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्ष शिवरात्री मेला प्रभावित बनेको छ । महाशिवरात्रीको अवसरमा झापाको मेचीनगरमा रहेको पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल पातालगंगा शिवालय मन्दिरमा लाग्ने मेला प्रभावित बनेको हो । यस क्षेत्रमा तामझामका साथ बिगत बर्षहरुमा भब्य मेला आयोजना हुन्थ्यो । मेलामा रोटेपिङ्ग, रेलगाडी, मोतका Read More…

धर्म संस्कृती

आज महाशिवरात्रि, आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै

काठमाडौं, फागुन २७ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व Read More…

स्वास्थ्य

हरियो खुर्सानी खानुको फाइदै फाइदा, भाग्छन् यस्ता रोगहरू

काठमाडौं, फागुन २७ । सबैको घरको भान्सामा हरियो खुर्सानी भान्सामा हुने गर्दछ । कोही मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । यसमा हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् । हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । Read More…

खेलकुद

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं, फागुन २७ । स्पेनिस क्लब बार्सिलोना युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको अन्तिम १६ को दोस्रो लेगमा १–१ गोलको बराबरी खेले पनि समग्रमा ५–२ ले हार्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पिएसजीले पहिलो लेगको खेलमा बार्सिलोनालाई उसैकाे मैदान क्याप Read More…