संघ \संस्था

मेचीनगरमा बुबा समुह गठन, अध्यक्ष खड्का, सचिवमा कार्की

मेचीनगर, चैत १ । झापाको मेचीनगरमा नगरस्तरिय बुबा समुह गठन भएको छ । समुहको अध्यक्षमा सुदर्शन खड्का सर्वसम्मत चयन भएका छन् ।

शनिबार काँकरभिट्टामा आयोजित भेलाले आगामी एक बर्षे कार्यकालको लागि खड्काको नेतृत्वमा ११ सदस्यीय नँया कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा राजकुमार सुवेदी, सचिवमा पुकार कार्की र कोषाध्यक्षमा विजय सुवेदी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अनिल गुप्ता, दावा तामाङ, मोहन रिजाल, भिम सुब्बा, प्रेम तामाङ, नारायण पराजुली र मान बहादुर तामाङ चयन भएका छन् ।

त्यसैगरी बिष्णुकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि चयन भएको छ । जसमा प्रमुख सल्लाहकार श्रेष्ठ, सल्लाहकार सदस्यमा किरण तामाङ, गणेश बस्नेत (कर्णबहादुर) रहेका छन् ।