विविध

युवाले सुरु गरे ह्यस ट्याग अभियान

काठमाडौं, जेठ २ । नेपाली भु-भाग कालापानी-लिपुलेक-लिम्पियाधुरा भारतले गत कार्तिकमा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको र मे ८, २०२० मा कालापानी देखि चीनको तिब्बत स्थित कैलाशमान शरोवर सम्म जोड्ने ८० किलोमीटर सड्कखन्ड निर्माण गरेको भन्दै युवाले भारतिय दादागिरी विरुद्ध सामाजिक सन्जालमा ह्यास ट्याग अभियान सुरु गरेका छ्न ।

अभियान्ता आरती लामा, प्रदीप थापा, प्रमिला लामा,प्रकाश श्रेष्ठ, सुजन थापा, मिलन चौहान, अविचल पौडेल लगाएतले आन्दोलन र विरोधको रचनात्मक शैली प्रस्तुत गरेका छ्न । आरती लामाको अनुसार, नेपालको २३ जिल्लाका करिब ७५ भन्दा बढी ठाउँ भारतले अतिक्रमण गरेको छ, करिब ६० हजार हेक्टर भुमि अतिक्रमित भएको छ । कालापानी लिपुलेक लिम्पियाधुरामा मात्रै करिब ३७ हजार हेक्टर भुमी मिचिएको छ ।

विश्व समुदाय कोरोना भाइरसले आक्रान्त भैरहेको बेला यस किसिमका रचनात्मक आन्दोलन नै प्रभावकारी देखिन्छ ।

आज सुरु गरिएको अभियान साझ ७ बजे ह्यास ट्याग र आफ्नो पोसाक सहित सामाजिक सन्जालमा पोस्ट गरिएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायले समेत भारतको हेपाहपन र विस्तारवादी नीति विस्व जतले बुज्ने र नेपालले आफ्नो तथ्य र ऎतिहासिक दस्तावेज सुरक्षीत राख्नुपर्ने साथै यी भु-भाग नेपालकै रहेको कुरा विश्व समुदायले मनन गर्न सहयोग पुग्ने अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य अभियान्ता प्रदिप थापाले जनाए ।

सामाजिक सन्जालमा लेखिएको पोस्ट धेरै सेयर भएको थियो । लेखिएको थियो :
“हाम्रो सीमा प्रतिरक्षा गराैं,
हाम्रो भुमि फिर्ता लिऔं,
सीमा विवाद यहि साल अन्त्य गराैं ।”

Leave a Reply

Your email address will not be published.