खेलकुद

सांसद बानियाँद्वारा रंगशालाको शिलान्यास

झापा, जेठ २ । झापाको कचनकवल गाउँपालीकामा रंगशाला निर्माण हुने भएको छ ।

Image may contain: 2 people, people standing, grass, sky, outdoor and nature

प्रदेश १ सरकारको एक स्थानिय तह एक रंगशाला कार्यक्रम अन्तर्गत निर्माण हुने लक्ष्मिरंगशालाको शुक्रबार आज प्रदेशसभा सदस्य बसन्त बानियाँ र गाउँपालीकाका अध्यक्ष अन्जार आलमले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।

कचनकवल गाउँपालीकाको वडा नम्बर ६ बालुबाडी र वडा नम्बर ७ बनियानीको संगमस्थलमा रहेको बनियानीस्थित लक्ष्मि माविको स्वामित्वको जग्गामा निर्माण हुने रंगशालाको शिलान्यास गरिएको हो ।

प्रदेश सरकारबाट चालू बर्षका लागि बिनियोजित १५ लाख रुपैयाँबाट रंगशाला निर्माण सुरु गरिने प्रदेश सांसद बानियाँले बताउनु भयो । रंगशाला शिलान्यासको अवसरमा जग्गाको संरक्षण गर्ने स्थानिय भक्ति सिटौला र टिकालाल राजबंशिलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.