संघ \संस्था

मेचीनगरमा होमस्टे व्यवस्थापन एवम् पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगरमा स्थानीय तहसंगको सहकार्यमा होमस्टे व्यवस्थापन एवम् पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर ४ बाहुण्डाँगी स्थित हात्ती रिसोर्टमा पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा मंगलबार आयोजित कार्यक्रमको सहजीकरण मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले गरेको थियो ।

मेचीनगर क्षेत्रका पर्यटन प्रवर्द्धनमा भविष्य खोजिरहेका स-साना पर्यटन व्यवसायीहरूलाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सहजिकरण गरिएको थियो ।

कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, पर्यटन कार्यालय काँकरभिट्टाका निमित्त कार्यालय प्रमुख प्रभाव भट्टराई, भारतीय पर्यटन अभियानता सुप्रितम राज बसु, वडासदस्य पवन बराइलीलगायतको आथित्यता रहेको थियो ।

कार्यक्रम सञ्चालन पर्यटन कार्यालय काँकरभिट्टाका निरज कट्टेलले गरेका थिए ।