राजनीति

नेकपा एमाले मेचीनगर–८ वडा कमिटीद्वारा जेष्ठ नागरिक सम्मानित

मेचीनगर, बैशाख ४ । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले टोकला बगान क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

नयाँ बर्ष २०७८ सालको अवसर पारेर शुभकामना आदन प्रदान गर्न आयोजित कार्यक्रमका बिच शनिबार टोकला बगान क्षेत्रका २० बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा मेचीनगर ईन्चार्ज देवकुमार राई, क्षेत्रिय सदस्य बिष्णुकुमार श्रेष्ठ, मेचीनगर– ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा पाठक, एमालेका नेता दशरथ खडिया, बिक्रम गिरी, सिता राईलगायले जेष्ठ नागरिकलाइ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

जेष्ठ नागरिकलाई सम्मानका लागि दोसल्ला नेकपा एमाले मेचीनगर–८ का वडा अध्यक्ष बिष्णु भट्टराईले आफ्नो स्वर्गिय बुबा आमाको सम्झनामा सौजन्य गरेका थिए ।

मेचीनगर–८ का वडा अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षतामा आयोजना भएको शुभकामना आदनप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा स्वागत मेचीनगर–८ का वडा सदस्य गंगा पाठक र सञ्चालन युवराज आचार्यले गरेका थिए ।