काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा बस्न लागिएको सर्वदली बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने प्रचण्ड स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार फोन गरेर शनिवार बिहान बालुवाटार भेटौं भनेको तर प्रचण्डले आफू बालुवाटार नआउने, सिंहरदबार भए आउने भन्ने जवाफ दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्या लगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागिएको हो ।

