झापा । मेची अस्पताल भद्रपुरमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मेचीको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको उनले बताए । साथै मेचीमा फिजियोथेरापी सेवा लगायत अन्य सेवाहरूको विस्तार गर्दै प्रादेशिक Read More…
Day: June 15, 2022
प्रदेश नं १ को ३९ अर्ब ७३ करोडको बजेट सार्वजनिक
विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/०८० का लागि कूल रु ३९ अर्ब ७३ करोड ८३ लाखको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम मन्त्री आङ्बोले आज सदनमा राजस्व र व्ययको अनुमान पेश गर्नुभयो Read More…
झापा: बढ्दो महँगी र भ्रष्टाचारविरुद्ध राप्रपाको विरोध प्रदर्शन
झापा । देशमा बढ्दो महँगी, भ्रष्टाचार र कुशासनविरुद्ध राप्रपाले झापाको सदरमुकाम भद्रपुरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । राप्रपाको देशव्यापी पूर्वघोषित कार्यक्रममा अनुसार राप्रपा झापाले विरोध प्रदर्शन पश्चात् जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । राप्रपा झापाका अध्यक्ष केशव ओझाका नेतृत्वमा पुगेका टोलीले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाउँदै सरकारलाई खबरदारी गरेका Read More…
मेचीनगरमा होमस्टे व्यवस्थापन एवम् पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न
मेचीनगर । झापाको मेचीनगरमा स्थानीय तहसंगको सहकार्यमा होमस्टे व्यवस्थापन एवम् पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ४ बाहुण्डाँगी स्थित हात्ती रिसोर्टमा पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा मंगलबार आयोजित कार्यक्रमको सहजीकरण मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले गरेको थियो । मेचीनगर क्षेत्रका पर्यटन प्रवर्द्धनमा भविष्य खोजिरहेका स-साना पर्यटन व्यवसायीहरूलाई अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सहजिकरण Read More…
मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको Read More…
ओमानमाथि नेपालको सानदार जित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो । ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले Read More…






