झापा । मेची अस्पताल भद्रपुरमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मेचीको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको उनले बताए ।
साथै मेचीमा फिजियोथेरापी सेवा लगायत अन्य सेवाहरूको विस्तार गर्दै प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरी सेन्टर फर एक्सिलेन्सको रुपमा विकास गरिने छ । साथै हाल सञ्चालनमा रहेको चिकित्सा सेवालाई सहज र सुलभ बनाउन टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइनेछ । रेफरल सेवालाई थप व्यवस्थित गरिने छ ।

