मेचीनगर, चैत ८ । मेचीनगर-६ काँकडभिट्टा निवासी समाजसेवी बालकृष्ण थापाले कराते खेलाडीहरूलाई टिसर्ट वितरण गरेका छन् ।
थापाले शनिबार मेचीनगर-६ स्थित काँकडभिट्टामा रहेको बर्मेली टोल कराते डोजोलाई ५० थान टिसर्ट वितरण गरेका हुन् ।
छड्के अनुसन्धान साप्ताहिक पत्रिकाका प्रकाशक समेत रहेका खेलप्रेमी थापाले यस अघि पनि थुप्रैपटक खेलाडीहरूलाई टिसर्ट, जर्सीलगायत खेल सामाग्री सहयोग गरिसकेका छन् ।
खेलाडीहरूको हौसलाका लागि अाफुले सकेको सहयोग गर्ने गरेको थापाले बताए ।
समाजसेवी गणेश खरेल, पत्रकार झुलन रेग्मी, खगेन्द्र घिमिरे, शेखर थापालगायतको टोलीले डोजो प्रमुख अभिषेक दवाडीलाई टिसर्ट हस्तान्तरण गरेका थिए ।

