समाचार

बिना कसुर चार दशक भारतीय जेलमा बसेका तिम्सिना रिहा, ६१ बर्षको उमेरमा आमासँग भेट हुँदै

झापा, चैत ८ । ४० वर्षपछि भारतीय जेलबाट मुक्त भएका इलामका दीपक जैसी तिम्सिना आइतबार नेपाल आइपुग्नु भएको छ ।

तिम्सिना कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होम (केन्द्रीय सुधार गृह)बाट शनिबार दिउँसो करिब साढे १२ बजे रिहा हुनुभएको थियो ।

कोलकातास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकरभिट्टा आइपुग्नुभयो ।

कर्तव्य ज्यान मुद्दामा सन् १९८० मा भारतको दार्जीलिङबाट पक्राउ पर्नु भएको तिम्सिना अाफु निर्दोष हुदाहुदै पनि जेल बस्नुपरेको बताउनुभयो । तिम्सिनाले रिहापश्चात भन्नुभयो बिना कसुर चार दशक अाफुलाई जेलमा राखियो ।

चार दशकपछि स्वदेश फर्किँदा पनि उहाँ मौन हुनुहुन्छ । शारीरिक रूपमा शिथिल देखिनुभएका तिम्सिना मानसिक रूपमा पनि समस्यमा देखिनु भएको छ ।

तिम्सिना अाज नै गृहजिल्ला ईलाम जानुभयो । उहाँले ६१ बर्षको उमेरमा आमासँग भेट गर्नुहुनेछ ।