संघ \संस्था

दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

मेचीनगर, चैत ८ । झापाको बाहुण्डाँगीमा समुदायमा आधारित दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । बाहुण्डाँगी सामुदायिक भवनमा शुक्रबार र शनिबार आयोजना भएको तालिमे नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीले आयोजना गरेको थियो ।

तालिमको समापन सत्रमा मेचीनगर–४ का वडा अध्यक्ष नवीन वराल, मेचीनगर–२ का वडा अध्यक्ष तिलक न्यौपाने, नेरेसो प्रदेश नं.१ सहकोषाध्यक्ष प्रकाश चन्द्र खरेल, नेकपा एमालेका नेता निलकण्ठ तिवारी, समाजसेवी सनत कुमार अधिकारी, पुष्कर ढकाल, ओम प्रकाश दाहाल, गोपिकृष्ण रिजाल, बाहुण्डाँगी चौकी प्रमुख कुमार खड्का, (प्रशिक्षक) हरिशरण खड्कालगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर ४ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको दुईदिवसिय तालिममा मेचीनगर वडा नं ४ का प्रत्येक टोल विकास संस्थाबाट दुई दुई जना गरि ५० जना सहभागी थिए । उनिहरुलाई कार्यक्रमका अतिथिहरुले प्रमाणपत्र प्रदान प्रदान गर्दै खदा र अबिर पहिर्याएर सम्मान गरिएको थियो ।

तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेपाल रेडक्रस जिल्ला शाखा झापाका प्रशिक्षक हरिशरण खड्का रहेका थिए । प्रशिक्षकमा नेपाल रेडक्रस जिल्ला शाखा झापाका मन्त्री चन्द्रप्रसाद चुडाल थिए ।

नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीका सभापति घनश्याम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमल गोलेले गरेका थिए ।