धनकुटा लेडी जेसीजको आयोजनामा एक दिने संसदीय बैठक प्रणाली तालिम सम्पन्न भएको छ । शाखाका पदाधिकारीहरुका लागि आयोजित उक्त तालिम प्रमुख प्रशिक्षक तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष सुनिल तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो ।

वहाँले सहजीकरण गर्नुभएको सो तालिम अत्यन्तै फलदायी भएको धनकुटा लेडी जेसीजले बताएको छ । कार्यक्रम संयोजन तालिम संयोजन तालिम संयोजक शोभा श्रेष्ठले गर्नु भएको थियो । शाखाकी अध्यक्ष बिसिका श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ तथा धनकुटा लेडी जेसीजका सम्पूर्ण बोर्डका पदाधिकारी र साधारण सदस्यहरुको उपस्थिती रहेको छ ।

