अन्य

आगलागी पीडितलाई धनकुटा लेडी जेसीजद्धारा राहत वितरण

बाहुण्डाँगी । गत चैत ४ गते आगलागी भएका धनकुटा ६ का धनबहादुर तामाङ र विष्णु तामाङको परिवारलाई राहत वितरण गरिएको छ । मानवताको सेवा नै जिवनको सर्वोतम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मासात गर्दै लेडी जेसीजले आइतवार तामाङ परिवारको घरमै पुगेर भिषण आगलागि भई धन–मालको ठूलो क्षति भएकोले पिडितहरुलाई सहयोग स्वरुप एक थान सिरक, एक थान डसना, बाल्टिन, मग, ६ थान चम्चा, दुई डाडु पन्यु, एक थान कराई, एक थान भाडा, ६ वटा प्लेट, ६ वटा कप राहत स्वरुप उपलब्ध गराएको शाखाकी अध्यक्ष विसिका श्रेष्ठले बताउनु भयो । राहत वितरणमा शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठसहित पदाधिकारीहरुको सहभागिता रहेको थियो ।