खेलकुद

प्रदेश स्तरीय फुटवल प्रतियोगितामा आज आयोजक र सशस्त्र प्रहरी खेल्ने

मेचीनगर, चैत ९ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा जारी चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता अन्तर्गत आज आयोजक र सशस्त्र प्रहरी बल पकली बिच प्रतिष्पर्धा हुने भएको छ ।

उपाधि दावेदार मानिएको एपिएफको सामना आज आयोजकले गर्दै छ । आफनै खेल मैदानमा आयोजकले उच्च मनोबलका साथ बलियो प्रतिद्धन्धी टिमलाई पाखा लगाउदै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्ने रणनितीका साथ मैदान उत्रने आयोजकले जनाएको छ । यता एपिएफले पनि खेल जित्दै प्रतियोगितामा शुखत सुरुवात गर्ने योजनामा छ । यी दुइृ टिमबिचछ दिनको ३ः३० बजे देखि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

२० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नं.१० रहेको छ ।