
काठमाण्डौं, बैशाख ०४ । रौतहटस्थित चन्द्रकेत महतोको पोखरीमा पालेका लाखौं मुल्य बराबरका माछा मरेका छन् ।
अज्ञात मानिसले पोखरीमा बिष राख्दा कटहरिया नगरपालिका १ भसेढवाका चन्द्रकेत महतोले पालेका माछा मरेको हुन् । झण्डै साढे दुुईबिगहा क्षेत्रफलमा रहेको पोखरीमा पालिएका ग्रासकाट,सिल्भर, खोकल माछा रोहुु,भकुरा जातका माछा मरेर ५० लाख बढीको क्षति भएको पीडित महतोले बताएका छन् ।
तीन किलो सम्मका झण्डै ३० क्विन्टल ठुुला माछा र भर्खरै छाडेका ८० हजार भुुरा माछा मरेको महतोले बताए । महतोले राजनीतिक पूर्वाग्रह राखेर कसैले जानीजानी पोखरीमा बिष हालेर माछा मारेको हुनसक्ने बताएका छन् ।

