कला

टिकटक: एपल र गुगलले भारतबाट हटाए भिडिओ शेअरिङ एप

बिबिसी, बैशाख ०४ । एपल र गुगलले भारतमा आफ्ना एप स्टोरबाट भिडिओ बनाउने र शेअर गर्ने एप टिकटक हटाएका छन्।

ती कम्पनीहरूले मद्रास उच्च न्यायालयको आदेशको पालना गर्दै सो कदम चालेका हुन्।

केही साताअघि अदालतले अश्लील सामग्री फैलाउन टिकटकको प्रयोग भएको र कम उमेरका प्रयोगकर्ताहरू यौनदुर्व्यवहारको सिकार हुन सक्ने भन्दै टिकटकलाई भारतमा प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो।

टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सले सो आदेश निलम्बन गर्न दर्ता गरेको आवेदनलाई अदालतले मङ्गलवार खारेज गरिदिएको थियो।

Leave a Reply

Your email address will not be published.