शिक्षा

काँकरभिट्टा क्याम्पस पूर्व विद्यार्थी समाजको संयोजकमा ढकाल

काँकरभिट्टा । काँकरभिट्टा बहुमखी क्याम्पसमा अध्ययान गरेका पूर्व विद्यार्थीहरुको भेलाले केदार ढकालको संयोजकत्वमा ११ सदस्यीय तदर्स समिति गठन गरेको छ । क्याम्पसको इतिहासका साक्षीका रुपमा रहेका पूर्व विद्यार्थीहरुलाई एक अर्कामा परिचति गराउने र क्याम्पसको विभिन्न क्षेत्रमा स्तर उन्नती गराउने लक्ष्यका साथ पूर्व विद्यार्थी समाज गठन गरिएको हो ।


मंगलवार क्याम्पसमा भएको पूर्व विद्यार्थीहरुको भेलाले क्याम्पसका दोस्रो ब्याज (२०५७) का विद्यार्थी ढकालसहित सदस्य सचिवमा अरुणकुमार प्रधान, सदस्यहरुमा देबु बानियाँ, नवराज उप्रेती, मनिष कोइराला, रबि पौडेल, सन्तोष खवास, गोपाल चुँडाल, शुसिला सिवाकोटी, रुपक पराजुली, दिप शाह सदस्य रहने गरी तदर्स समिति गठन गरिएको थियो । यसैगरी सल्लाहकार सदस्यमा राजु कार्की, अमित पोद्यार र राजकुमार पराजुलीलाई चयन गरिएको छ । तदर्स समितिले केही दिन भित्रमा पूर्व विद्यार्थीको बृहत भेला गरी पूर्व विद्यार्थी समाज गठन गर्नेछ ।


त्रिभूवन विश्वविद्यालयले क्याम्पस सञ्चालन विधि भित्र पूर्व विद्यार्थी समाजलाई पनि एक अंगका रुपमा लिएको छ । २०५६ सालमा स्थापना भएको यो क्याम्पसमा हाल डिब्लोमा तहसम्म अध्ययन अध्यापन हुने गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पसको विगतदेखि हालको सम्मको अवस्था र पूर्व विद्यार्थी गठन प्रक्रियाका विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख बासु कोइराला, प्रध्यापकहरु हेमकुमार खड्का, लम्बोधर पौडेल, दुर्गाबहादुर लुइँटेल, मणिकुमार लिम्बू, जमुना ढुङ्गाना, आइटी सेक्टरका संयोजक सुजन श्रेष्ठ, युवराज दाहाल, विष्णु श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।