मेचीनगर, चैत २१ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सञ्चालक तथा लेखा समितिको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भईरुहेको छ । आगामी तीन वर्षे कार्यकालका लागि १२ पदका लागि ३१ जना चुनावी मैदानमा होमिएका छन् । साथै अध्यक्षमा उम्मेद्वारी दिएका तीनै पक्षले आफ्नो प्यानल नै निर्वाचित हुने दाबी पनि गरिरहेका छन् ।
आजको निर्वाचनमा नेकपा एमाले र राप्रपाको साझा गठबन्धन प्रगतिशिल(लोकतान्त्रिक प्यानल, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चतर्फका उम्मेद्वार चुनावी भिडन्तमा छन् ।
बाँकी सबै पदको भूमिकालाई गौण पार्दै यो पटकसमेत अध्यक्ष पद कस्ले लैजाला भन्ने चर्चा बढी छ । यद्यपि तीनजना अध्यक्षसहितका तीन प्यानल र उपाध्यक्ष पदका एक स्वतन्त्र उम्मेद्वार आजको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
खानेपानी स्थापना भएको २७ वर्षे इतिहासमा यो पटकको नेतृत्वलाई महत्वका साथ हेरिएको छ । उम्मेद्वारी प्रस्तुत गर्दा भएको दलीय गठबन्धन, निर्वाचन आचारसंहिताको विषयमा भएको विवाद, राष्ट्रिय राजनीतिको धु्रवीकृत अवस्थालगायतका कारण यो पटकको निर्वाचनलाई यहाँका आम उपभोक्ता र सरोकारवालाहरुले चासोका साथ हेरेका छन् ।
प्रगतिशिल लोकतान्त्रिक प्यानलका चुनाव प्रचारप्रसार समिति संयोजक देवकुमार राईले युवा नेतृत्वसहितको प्रगतिशिल प्यानलले चुनाव जित्ने दाबी गरे । ‘हाम्रो प्यानलमा युवा तथा नयाँ नेतृत्वलाई स्थान दिएका छौं, राइले भने, ‘उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया बटुलेका छौं, हामी ३र४ सय मतान्तरले जित्दै छौं ।’
लोकतान्त्रिक प्यानलका चुनाव प्रचारप्रसार समिति संयोजक सूर्यप्रकाश उप्रेतीले भारी मतका साथ आफुहरुको प्यानलै विजयी हुने दाबी प्रस्तुत गरे । उप्रेतीले प्रचारको अन्तिम समयसम्मको सर्वेक्षणमा आम उपभोक्ताहरुको सन्तुष्टि, विश्वासका कारण लोकतान्त्रिक प्यानलको जीत निश्चित भएको बताए । उप्रेतीले लोकतान्त्रिक प्यानल २ देखि ३ सय मतान्तरका साथ विजयी बन्ने दाबी गरे ।
उता अध्यक्षसहित ६ पदमा उम्मेद्वारी दिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जनताले दिएको साथबाट आफुहरुको जीत सुनिश्चत भएको बताएको छ । चुनाव प्रचार समितिका मीन चम्लागाईंले सबै उपभोक्ताहरुले आफुलाई सहानुभूति प्रकट गर्दै मत दिने बचन दिएको बताए । चम्लगाईंले खानेपानीलाई ब्यापारीकरण हुन नदिन र पानीलाई सर्वसुलभ बनाउन सह(अस्तित्ववादको नारासहित चुनावी मैदानमा होमिएको लोकतान्त्रिक राष्ट्रिय मञ्चले यो पटक जित्ने दाबी गरे ।
१२ पदमा ३३ जनाको उम्मेद्वारी पर्दा प्रगतिशिल लोकतान्त्रिक र लोकतान्त्रिक प्यानलका १२र१२ जना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ६ जना र ३ जना स्वतन्त्र गरी उम्मेद्वारले मनोनयन दर्ता गराएका थिए । जसमा अध्यक्ष र सचिव पदका १र१ गरी २ जना स्वतन्त्र उम्मेद्वारले मनोनय फिर्ता लिँदा उपाध्यक्ष पदमा कृष्ण बहादुर सुवेदी (किरण) स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

