इलाम, चैत २१ । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना ब्लक विकास कार्यक्रम २०७७-०७८ अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

उन्नत धान उत्पादन ब्लक आयोजना समिती र मकै सघन बाली विकास आयोजना समितिको सयुक्त आयोजना मा सम्पन्न भएको उक्त कार्यक्रममा दुबै आयोजना मार्फत भएका कृषी कार्यक्रम हरु, कृषी औजार -उपकरण वितरण लगायतका विवरण प्रस्तुत गरिएको थियो ।
उन्नत धान उत्पादन ब्लक आयोजनाका अध्यक्ष त्रीलोचन गौतम को सभाध्क्षमा सम्पन्न भएको उक्त कार्यक्रम चुलाचुलि-१, ईलाममा अवस्थित रेडक्रस कार्यलयको भवनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अथिती चुलाचुली गाउँपालिका प्रमुख प्रदिप चन्द्र राई को उपस्थिती रहेको थियो । विशिष्ट अथितिको रुपमा कृषी ज्ञान केन्द्र ईलामका प्रमुख टोनी बर्देवा को उपस्थिती रहेको थियो ।

उन्नत धान उत्पादन ब्लक आयोजनाका सचिव सुरेन्द्र भट्टराईले कार्यक्रमको सन्चालन गरेका थिए भने स्वागत मन्तबव्य मकै सघन बाली बिकास आयोजनका उपाध्यक्ष बिष्णु माया सिटौलाले राख्नु भएको थियो साथै कार्यक्रमको औचित्य बारे उन्नत धान उत्पादन ब्लक आयोजनाका सचिव सुरेन्द्र भट्टराई र मकै सघन बाली विकास आयोजनका सचिव सन्तोष थाम्सुहाङले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा चुलाचुली एक नम्वर वडाका कार्यवाहक वडा अध्यक्ष सिता लाओति, वडा सदस्य चम्पासिंह फागो, मकै सघन बाली विकास आयोजनाका अध्यक्ष लाल बाहादुर कार्की ,समाजसेवी तथा जग्गा दाता गणेश फागो, रतन रोका, पृथ्बी राई, न्युसन राई, कृषी सेवा शाखा चुलाचुलिका प्रतीनिधी पुर्णिमा राई, समाजसेवी दिल बहादुर कार्कि, खड्ग कुमार न्यौपाने, राम प्रसाद दाहल, नारणसिंह लाओती लगायत अथितीहरुको उपस्थिती रहेको थियो ।

