सीप भनेको सिर्जनाका पुरक हो । सीप, श्रम र सिर्जनाले विकास र परिवर्तन ल्याउँछ । हामीले देशलाई विकसित, उन्नतशील र बलियो बनाउन हाम्रो सीप र श्रमलाई देशका लागि खर्चिनुपर्छ । बलियो, सक्षम र विकसित देश प्रत्येक नागरिकको प्रतिष्ठाको, रोजगारीको आधार भएकोले हामी धनकुटा लेडी जेसीज ले विभिन्न समयमा विभिन्न किसिमका सीपमुलक तालिमको आयोजना गर्दै आएका छौँ । जबसम्म व्यक्ति सीप मुलक बन्दै जान्छ उसले आफु मात्र होइन सिंगो समाजलाई एक कुशल नेतृत्व दिन सक्छ । सीप नै जीवनको आधार हो भन्ने उदेश्यलाई आत्मासाथ गर्दै निःशुल्क विवाहको लागि माला बनाउने तालिम सम्पन्न गरेका छौँ ।

यस तालिमलाई भव्यता र सभ्यता का साथ सम्पन्न गराउन साथ दिनु हुने संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक जेसी प्रमिसा श्रेष्ठ ज्यु, प्रमुख अतिथि मिसा देय दवु कि उपाध्यक्ष रेजिना पलिखे ज्यु, सीप सिक्न आउनु हुने सम्पूर्ण दिदीबहिनीहरु र कार्यक्रम संयोजन गरि साथ दिनु हुने सचिव जेसी सरस्वती राई ज्यु, मेरा प्यारा जेसी साथीहरू तथा उपस्थित हुनु भएका सम्पूर्ण महानुभाव प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

साथै विवाह, वर्तवन्ध र पास्नी को लागि माला हरु चाहिएमा धनकुटा लेडी जेसीज को कार्यलय संस्थापक अध्यक्ष जेसी प्रमिसा श्रेष्ठ ज्युको मा विभिन्न प्रकारका मालाहरु उपलब्ध रहेको पनि यहाँहरु सम्पूर्णमा जानकारी गराउन चाहन्छु ।
आगामी दिनमा समेत यसरी नै व्यवसायिक क्षेत्रमा यस क्षेत्रका हरेक व्यक्तिका लागि सीप मुलक तालिमहरु सञ्चालन गर्दै जानेछौँ । जय जेसीज

