काठमाडौं, बैशाख ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको छ।
निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरी ७६ रुपैयाँ प्रतिलिटर पुयाएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत् राखिएको निगमले बताएको छ।

