बाहुण्डाँगी । नेपाली जनताले सर्वाधिक रुचाएका नेपाल नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सुरुङगामा सम्मान गरिएको छ । वीरता जेसीजले शनिवार आयोजना गरेको उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा सहभागि हुन शुक्रवार झापा आउनु भएको घिसिङलाई सुरुङ्गा जेसीजले शुक्रवार साँझ सुरुङ्गामा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको हो । नेपाल विद्युत प्राधिकरण सम्हालेपछि नेपालीले भोग्दै आएको लोडसेटिङबाट मुक्त भएपछि पूर्व कार्यकारीणी निर्देशक घिसिङलाई आम नेपाली जनताले अत्यन्तै धेरै रुचाएका थिए ।

घिसिङले गरेको कार्यको उच्च मुल्याङकन गर्दै सुरुङ्गाबासीकै प्रतिनिधित्व गर्दै जेसीजले सम्मान गरेको हो । कुलमानलाई सुरुङ्गामा सम्मान गर्न पाउनु यस क्षेत्रका लागि गर्वको विषय रहेको सुरुङ्गा जेसीज वर्ष २०२१ की अध्यक्ष उषा उप्रेतीले बताउनु भयो ।

अध्यक्ष उप्रेतीको सभापतित्व तथा कनकाइ नगरपालिकाका मेयर राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथि उपमेयर मञ्जु प्रसाई, शाखाका पूर्व अध्यक्षहरु, कनकाइ नगरका ९ वटा वडाका वडा अधयक्षहरु, लाइन्स, रोटरीलगायत यस क्षेत्रका क्रियाशिल दर्जन संघ संस्थाहरुको सहभागितामा सम्मान गरिएको थियो । सोही समारोहमा
घिसिङलाई विभिन्न संघसंस्थाको तर्फबाट पनि सम्मान गरिएको थियो ।


