खेलकुद

विराट गोल्डकप: पंजाव पुलिसलाई पराजित गर्दै उपाधि एपीएफलाई

विराटनगर, बैशाख ४ । विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ काठमाण्डौंले जितेको छ । खेलको ११ औं मिनेटमा प्रदीप लामाले गरेको गोल नै निर्णायक भएको छ । जीतसँगै एपीएफले नगर १५ लाख १५ हजार हात पारेको छ ।

एपीएफले फाइनलमा भारतको पंजाव पुलिस विरुद्ध खेलेको थियो । पंजाव पुलिस उपविजेता बनेको छ । पंजावले ७ लाख ५१ हजार रुपैयाँ नगद हात पारेको छ ।

विराटनगरमा आयोजित छैठौं संस्करणको विराट गोल्डकप सहिद रंगशालामा रात्रीकालिन सञ्चालन भएको थियो ।