मेचीनगर, बैशाख ६ । झापाको मेचीनगर नगरपालिका –७ स्थित एनएमसी डेरी उद्योग छेउमा आज बिहान ९ः३० बजे भारतीय ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व आउदै गरेको डब्लुवि ७३ वी ३३२४ नम्बरको भारतीय मिनी ट्रकले डेरी उद्योगबाट दहि लिएर राजमार्ग क्रस गर्दै गरेका मेचीनगर–७ इच्छा टोलका ३२ वर्षीय ेसाइकल यात्री मनोज मेचेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
घाईते मेचेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको र उनको उपचारको क्रममा १०ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार अहिले ट्रक इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छ भने चालक फरार रहेको छन् ।

