संघ \संस्था

सामुदायिक भवन बन्ने भएपछि स्थानीय खुशी

मेचीनगर, बैशाख १० । झापाको मेचीनगर नगरपालिका वडानम्बर ८ स्थित समावेशी टोलमा पक्की सामुदायिक भवन बन्ने भएको छ ।

सामुदायिक भवनको उद्घाटन मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल र दुर्गेश्वरी कृषि सहकारी संस्थाकी अध्यक्ष खिला मेचेले संयुक्त गरेका थिए ।

शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुलाल मेचे, दुर्गेश्वरी सहकारी संस्थाका व्यवस्थापक गंगालाल मेचेलगायत विभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।

३० लाखको लागतमा बन्ने उक्त भवनको लागि मेचीनगर नगरपालिकाले १५ लाख र स्थानीय दुर्गेश्वरी कृषि सहकारी संस्थाले १५ लाख सहयोग गरेको सामुदायिक भवन निर्माण उपभोक्त समितिका अध्यक्ष रेवन्तराज पोखरेलले जानकारी दिए । साथै उनले आगामी असार मसान्तसम्ममा सो भवनको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

लोपोन्मुख जाती मेचे समुदायको बाक्लो बस्ती रहेको सो स्थानमा सामुदायिक भवन बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।