स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, बैशाख १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।