समाचार

झापामा आइतबारदेखि एक साता निषेधाज्ञा

झापा, बैशाख १७ । कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि झापामा आइतबारदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।

वैशाख २६ गतेसम्मका लागि एक साता निषेधाज्ञा जारी गर्ने निणर्य भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

जिल्लामा शुक्रबार बसेको डिसीसीएमसीको बैठकले झापामा कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै एकसाता निषेधाज्ञा लगाउने निणर्य भएको बताइएको छ ।